काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भिम बहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति गौशाला नगरपालिका वडा नम्बर ८ स्थित घरबाटै पक्राउ गरेको जिप्रका महोत्तरीले जनाएको हो ।
सेक्रेटरी आले माथि विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । उनिमाथिबर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप समेत लगाइएको छ ।
यसअघि सोहि आरोपमा महोत्तरीका इन्चार्ज रुप बहादुर कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । –रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०७६, ११ : २५
लेखकबाट थप