सैनिक मञ्चमा संविधान दिवसको भव्य कार्यक्रम, राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, ०८ : ३६
सैनिक मञ्चमा संविधान दिवसको भव्य कार्यक्रम, राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान

काठमाडौँ । चौथो संविधान दिवस शुक्रबार भव्यताका साथ मनाइँदै छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरिँदैछ । 

यसैबीच काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । 

प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । 

सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फह¥राउन पनि आग्रह गरेका छन् ।  संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पु¥याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवद्र्धन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस