स्व गणेशमान सिंहको २२औँ स्मृति दिवस आज

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ११ : ३८
स्व गणेशमान सिंहको २२औँ स्मृति दिवस आज

काठमाडौँ । २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा  माल्यार्पण गरिएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता भयको चर्चा गर्नु भएको छ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको स्मरण गर्न समेत अपिल आग्रह गर्नु भयको छ।

दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप समेत लगाउदै  । वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उहाको भनाइ रहेकोछ । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको समेत बताउनु भयकोछ ।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, नेपाली कांग्रेस काठमाडौका अतिरिक्त विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस