नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ०७ : ५१
नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालयको बैठक आज वस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ वजे सचिवालय बैठक बस्न लागेको हो ।

२५ भदौंमा नेकपाको पछिल्लो सचिवालय बैठक वसेको थियो । त्यसपछि सचिवालय वैठक वस्न सकेको थिएन ।

प्रधनमन्त्री केपी ओलीको १५ दिने सिंगापुर उपचार भ्रमणका क्रममा एकपटक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी बैठक वसेको थियो ।

नेकपाले पार्टी एकतापछिको संगठनात्मक एकताको काम अझै केही टुंगो लगाउनै बाँकी छ । केन्द्रीय आयोगहरुको गठनमा नेकपा अझै अल्झिरहेको छ । पोलिटब्यूरो गठन हुन सकेको छैन ।

आजको बैठकमा पार्टीका बाँकी संगठनात्मक एकताका काम टुंगो लगाउने र समसामायिक विषयमा पनि थप निर्णय लिइन सक्ने सचिवालयका एक सदस्यले वताए ।

२५ भदौंमा बसेको सचिवालय बैठकले भने पार्टी निर्वाचन आयोगमा उपचुनावी प्रयोजनका लागि दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको थियो । त्यसपछि नेकपा निर्वाचन आयोगमा दर्ता भईसकेको छ । आजको सचिवालय वैठकले उपचुनावका लागि पनि छलफल गर्न सक्ने जनाईएको छ । कास्की २ को प्रतिनिधीसभा, ३ वटा प्रदेश सहितका झण्डै ५० रिक्त स्थानमा १४ असोजमा उपचुनाव हुदैछ ।

कास्की २ मा पार्टीका सचिवालय सदस्य वामदेव गौतमलाई उम्ेमदवार वनाउने वा दिवंगत नेता रविन्द्र अधिकारीकै पत्नी विद्या भट्टराईलाई बनाउने की अन्यलाई भन्ने वारेमा पनि छलफल हुन सक्ने ति नेताले बताए ।

त्यस्तै पार्टीको प्रदेश २ मा देखिएको संगठनात्मक विवादका विषयमा पनि आजको वैठकमा छलफल हुने बताईएको छ । प्रदेश २ मा ६ जना पदाधिकारीकै वीचमा विवाद भएपछि २४ भदौंमा वर्दिवासमा झडपको अवस्था समेत निम्तेको थियो ।

त्यसपछि १६ केन्द्रीय नेताले प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु शाह सहितलाई पदमुक्त गर्न लिखित उजुरी दर्ता गराएका छन् ।

पार्टी केन्द्रले पनि उक्त घटना कसरी घटेको हो त्यसको वास्तविकता केन्द्रमा बुझाउन प्रदेश कमिटिलाई गरेको निर्देशनका आधारमा सचिवालयले यस विषयमा छलफल गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवासको सिलान्यास हुदैं
वालुवाटारमै आज प्रधानमन्त्री निवासको पनि सिलान्यास हुदैछ । ११ बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि नयाँ बन्न लागेको निवासको सिलान्यास गर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

हिजो सिंहदरवारमा प्रधानमन्त्रीले संघीय संसद भवनको सिलान्यास गरेका थिए भने बालुवाटारमा आज प्रधानमन्त्री निवासको सिलान्यास गर्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस