क्यानको साधारण सभा असोज १० र ११ मा

सोमबार, ३० भदौ २०७६, १५ : ०२
क्यानको साधारण सभा असोज १० र ११ मा

काठमाडौँ । नेपाल क्रिकेट संघ ‘क्यान’को साधारणसभा मार्फत असोज १० र ११ गते निर्वाचन हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’का प्रतिनिधिहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालसँगको बैठकपछि क्यानको निर्वाचनको नयाँ मिति आएको हो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ को वैशाख देखि क्यानलाई निलम्बन गर्दै आएको छ। नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो, जस अनुसार अर्को शनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो।

आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत हुन लागेको क्यानको निर्वाचनमा परिषद्को सहमति नलिएको, राखेपको निर्वाचन समिति नराखेको र निर्वाचनका लागि २१ दिन सूचना प्रकाशित नगरेकोमा परिषद् सदस्य सचिव सिलवालले आपत्ति जनाएका थिए। स्वतन्त्र समितिको कानुनी सल्लाहकार मार्फत असोज ३ र ४ गते साधरण सभा हुने सुचना निकालिएपछि राखेपले त्यसमा विमति जनाएको थियो।
 

प्रतिक्रिया दिनुहोस