मुस्कानको उपचार खर्च प्रदेश २ ले बेहोर्ने

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, १५ : ४४
मुस्कानको उपचार खर्च प्रदेश २ ले बेहोर्ने

काठमाडौँ । एसिड आक्रमणबाट पीडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत रहेकी मुस्कान खातुनलाई सोमबार बिहान भेटेका छन् । दुबै जना बालिकालाई भेंटन एकाबिहानै कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए ।

मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट पिडितको उपचार खर्च बेहोर्ने जनाए ।  

नगद पचास हजार रुपैयाँ सहयोग गरेका रबालिकाको उपचामा सघाइरहेका सासद यादवले भने, ‘खर्चको अभावमा उपचार प्रभावित हुनु हुँदैन । राम्रो भन्दा राम्रो उपचार गराएर बालिकालाई पुनः स्वस्थ्य बनाउन र पीडकलाई उचित रुपमा दण्डित गर्न हामी लागिरहेका छौं ।’

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका मुख्यमन्त्री र सांसद यादवले उपचारमा जुटेका चिकित्सकहरुसँग पनि भेंटेका थिए । 

मुख्यमन्त्रीसँगै अस्पताल पुगेका सांसद यादवले मुस्कान आफ्नो छोरी जस्तो भएको जिकिर गर्दै उसको न्यायको लागि हदैसम्म लड्ने र अपराधीलाइ कुनै पनि हालतमा उन्मुक्ति हुन नदिने मुस्कानका बुवा अलिलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस