नेकपा अध्यक्ष प्रचण्डद्वारा मदनवादी पार्टीलाई नेकपामा स्वागत

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १६ : २२
नेकपा अध्यक्ष प्रचण्डद्वारा मदनवादी पार्टीलाई नेकपामा स्वागत

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आज एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराउनुभएको हो । निवास खुमलटारमा अध्यक्ष प्रचण्डले उहाँसहित सिंगो पार्टीलाई नेकपामा स्वागत गर्नुभयो ।

पार्टीमा स्वागत गर्दै अध्यक्षले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले नेकपामा समाहित हुने निर्णय सहि निर्णय भएको बताउनुभयो । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको उल्लखे गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेबारी सबै कम्युनिष्टहरु छ ।’

प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्तिः–

प्रतिक्रिया दिनुहोस