थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १२ : ३५
थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग

ललितपुर । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन् ।

सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरी सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरिएको छ ।

अध्यक्षले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस