चिनिया विदेशमन्त्री आज काठमाडौँ आउँदै, सोमबार नेपाल-चीन वार्ता

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १२ : ११
चिनिया विदेशमन्त्री आज काठमाडौँ आउँदै, सोमबार नेपाल-चीन वार्ता

काठमाडौँ ।  नेपाल भ्रमणमा आज काठमाडौँ आउँदै गरेका चिनिया विदेशमन्त्रीको काठमाडौँ रहँदाको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।

स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी  इस्लामावादबाट काठमाडौं ४:२० मा ओर्लने छन् । परराष्ट्रमन्त्रालयका अधिकारीहरुले उनलाई स्वागत गर्ने छन्।  काठमाडौँ ओर्ले लगत्तै उनी  होटल सोल्टी जाने छन् । विदेशमन्त्री वाङलाई  सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

आज कुनै भेटघाट छैन ।  सोल्टी होटलमा नै विदेशमन्त्रिलाई परराष्ट्र मन्त्रालयका अधिकारी र चिनिया दुताबासले औपचारिक कार्यक्रमबारे जानकारी गराउने छन् ।  सोमबार दिउँसो ३ः३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ । सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ। सोमबार साँझ विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवाशमा शिष्टाचार भेटवार्ता गर्नेछ । समय बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म रहेको छ । भदौं २४ गते, मंगलबार ९:०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट गर्ने छ ।

यसको समय ९ बजे छ । भदौं २४ गते, मंगलबार नै  विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउबालाई निवाशमा भेट्ने कार्यक्रम छ । भेटको समय ११:०० बजे मिलाइएको छ।  यस बाहेक विदेशमन्त्री वाङले केहि राजनैतिक विश्लेषक र उद्योगी ब्यबसायी सँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री वाङको टोलि मंगलबार १ बजे  चीन फर्कने  छ। 
 

प्रतिक्रिया दिनुहोस