काठमाडौं । नेपाली चलचित्रका निर्देशक किशोर रानाको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित निर्देशक किशोरको ५४ वर्षीको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेका निर्देशक रानाले सीमारेखा, करोडपति, राँको, कान्छी, बन्धकी, एक नम्बरको पाखे लगायत कैयन् फिल्म निर्देशन गरेका छन् ।
लामो समयदेखि मृगौला रोगबाट पीडित रानाले ६ वर्षदेखि डाइलासिस गराउँदै आएका थिए । पुर्ख्यौली घर गुल्मी भएका रानाको जन्म सुनसरीमा भएको थियो । आर्थिक अभावका कारण रानाको मृगौला प्रत्यारोपण गर्न नसकिएको परिवारले जनाएको छ ।
‘राँको’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका रानाले एक दशकभन्दा बढी बलिउड फिल्म क्षेत्रमा बिताएका थिए । उनले एक भोजपुरी चलचित्रमा समेत काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस