ग्लोबल रिच चितवनले श्रावण १३ गते  ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ को आयोजना गर्ने

शुक्रबार, ०३ साउन २०७६, १३ : ०९
ग्लोबल रिच चितवनले श्रावण १३ गते  ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ को आयोजना गर्ने

चितवन । ग्लोबल रिच चितवनले यही श्रावण १३ गते (२९ जुलाई) मा ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’ आयोजना गर्ने भएको छ । अष्ट्रेलियाका प्रतिष्ठित ११ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागीता रहने उक्त कार्यक्रममा अष्ट्रेलिया जान इच्छुक नेपाली विद्यार्थीहरुलाई परामर्श दिइने ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

सहभागी सबै युनिभर्सिटीबाट प्रतिनिधिहरुको उपस्थिती रहने छ । फेयरमा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले सिधै युनिभर्सिटी तथा कलेजहरु सँग संपर्क गरेर परामर्श लिन सकिने पौडेलले बताए । फेयरमा विद्यार्थीहरुले बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सँग वान टु वान परामर्श लिन सक्नेछन ।

फेयरमा विद्यार्थीहरुले युनिभर्सिटी तथा कलेज सँगै त्यहा पढाई हुने बिषय, स्कलरसिप लगायतको बारेमा सजिलै बुझ्न सकिने बताईएको छ । ‘हाम्रो फेयरमा अष्ट्रेलियाका प्रमुख ११ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरु सहभागी हुनेछन, विद्यार्थीहरुले सबैमा गएर बुझ्न सक्नु हुनेछ । यसले विद्यार्थीहरुलाई युनिभर्सिटी तथा कलेज छनोट गर्न पनि सजिलो हुनेछ – पौडेलले भने ।

आइएलटिएस, टोफेल, पिटीई–ए मा लक्की ड्र मार्फत बिशेष छुट दिईने पौडेलले बताए । यस्तै उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कार दिईने पनि उनले जानकारी दिए । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म चल्नेछ ।

विद्यार्थीहरुलाई कुन युनिभर्सिटी छनोट गर्ने भने अन्योलता हुन नदिनु नै फेयरको मुख्य लक्ष्य रहेको पौडेलको भनाईे छ । ग्लोबल रिचले आयोजना गर्न लागेको यो फेयर अन्य शैक्षिक मेला भन्दा फरक हुने पौडेलले दाबि गरेका छन् । यस्तै सोही दिन बिभिन्न ४ वटा बैंकहरुले पनि स्टल राख्ने पौडेलले जानकारी दिए । अष्ट्रेलिया जानको लागि गर्नु पर्ने बैंकिक प्रकृया बारे सहभागी बैकहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिनेछन् । फेयरमा नेपाल एसबिआई बैंक,नबिल बैंक, सिदार्थ बैंक र एनएमबी बैंकको स्टल रहनेछ ।

प्रतिक्रिया दिनुहोस