काठमाडौँ । म ‘होम प्रोडक्सन’मा निर्माण हुने फिल्मको स्क्रिप्टमा काम गरिरहेकी छु । स्क्रिप्टको काम सकिएपछि मात्र घोषणा गर्छु । केही म्युजिक भिडियोमा पनि काम गरिरहेकी छु । अहिले फिल्म खेलिरहेकी छैन । संख्यात्मकभन्दा पनि गुणात्मक फिल्म गर्ने सोचका कारण विश्राम लिएकी हुँ । चाँडै ‘आर्या’ रिलिजको तयारीमा छ । यो फिल्मको रिलिज डेट फिक्स भएपछि मात्र अर्को फिल्म साइन गर्छु ।
हरेक कलाकारका सबै फिल्म चल्दैनन् । मेरो मंगलम् फिल्म हिट भयो । त्यसपछिका केही फिल्मले भने राम्रो नगरेको पक्कै हो । एउटा कलाकारले मात्रै पनि फिल्म चल्ने होइन । फिल्म चल्न सबै कुरा बेजोड हुनुपर्छ । मेरा पछिल्ला फिल्मको पब्लिसिटी पनि भनेजस्तो नभएका कारण नचलेका हुन् ।
फिल्म बनाउन बजेट छुट्याइन्छ । तर, पब्लिसिटीका लागि बजेट नै हुँदैन । जति पब्लिसिटी ग-यो, त्यति दर्शकले थाहा पाउँछन् । अनि हलसम्म आउँछन् । फिल्मको हल्ला त हुनुप¥यो नि । प्रमोसनका लागि पनि निर्माता–निर्देशकले लगानी गर्नैपर्छ । कतिपय निर्देशक र निर्माताले पब्लिसिटीका लागि बोलाउनुभएन । तर, मलाई पब्लिसिटीमा नहिँडेको हल्ला चलाउनुभएछ । नबोलाई म कसरी जानु र ? नयाँपत्रीकाबाट
प्रतिक्रिया दिनुहोस