वीरगञ्ज । युनाईटेड लिकर्स प्रालि मंगलपुरको उत्पादन ७५० एमएलको शिलबन्दी भर्जिनमा सेतो लेदोजस्तो पदार्थ भेटिएपछि उपभोक्ताले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्जमा निवेदन दिएका छन् ।
यस विषयमा आवश्यक छानबिन भइरहेको निमित्त कार्यालय प्रमुख ओम नारायण शर्माले बताउनु भयो । भर्जिनको शिलबन्दी बोतलभित्र खान अयोग्य सेतो पदार्थ रहेको र त्यसले उपभोक्ताको ज्यूज्यानमाथि प्रत्यक्ष असर पर्ने भएकाले यो बिषयमा के भएको हो पछिसम्म फरक नपर्ने गरी खुलाई पठाईदिनुहुन आफुहरुले अनुरोधसहित उद्योगलाई पत्राचार गरेको शर्माको भनाई छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ती उत्पादकलाई हदैसम्मको कारबाही गरी पाउँ भनी निवेदन आएको र आफूहरुले उपभोक्ताको माग बमोजिम यथार्थ छानबिन गरी हदैसम्मको कारबाही गर्ने शर्मा बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०७६, १७ : ३९
लेखकबाट थप