काठमाण्डौँ । जून २१ तारिख । सामान्यतया: आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासमा हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ । यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०७६, १० : ५८
लेखकबाट थप