चितवन च्याम्पियनसिपः तेस्रो स्थानका लागी देशभक्त र जुगेडी भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १० : ००
चितवन च्याम्पियनसिपः तेस्रो स्थानका लागी देशभक्त र जुगेडी भिड्दै

चितवन । भरतपुरमा जारी पाँचौ हानामी चितवन च्याम्पियनसिप कप अन्तर्गत शुक्रबार तेस्रो स्थानका लागी प्रतिस्पर्धा हुदैछ । यसअघि सेमिफाईनल चरणबाट बाहिरिएका दुई टिम देशभक्त फुटबल क्लब परासी र पुर्वविजेता जु फुटबल क्लब जुगेडी तेस्रो स्थानका लागी भिड्ने छन । 
यी दुई टिमबिचको खेल अपरान्ह ४ बजे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेलमैदानमा हुने आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए । देशभक्त प्रहरीसँग पराजित भएको थियो भने जुगेडी अभिषेक चर्च रजहरसँग पराजित भएको थियो । 

फाईनलमा पुगिसकेको प्रहरी र रजहरबिच उपाधिका लागी भिडन्त हुनेछ । फाईनल खेल असार ७ गत्ते शनिवार अपरान्ह चार बजे हुनेछ । प्रतियोगिताको बिजेताले तिन लाख नगद, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार नगद, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनेले ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस