कोपा अमेरिका : जापान र उरुग्वेले बराबरी खेले

एजेन्सी

शुक्रबार, ०६ असार २०७६, ०९ : ३१
कोपा अमेरिका : जापान र उरुग्वेले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका –२०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २–२ को बराबरीमा रोकिएको हो ।  जापानका लागि कोजी मियोसीले खेलको २५ मिनेटमा गोल गरेर पहिले अग्रता दिलाए। तर ३२ मिनेटमा उरुग्वेले बराबरी गोल फर्कायो। उरुग्वेका लागि लुइस सुआरेजले पेनाल्टीमा गोल गरे।

५९ मिनेटमा मियोसीले टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गरे। तर जापानको अग्रता ७ मिनेट भन्दा बढी टिक्न सकेन। उरुग्वेका लागि जोस गिमेनेजले ६६ मिनेटमा गोल गरेपछि खेल दोस्रो पटक बराबरीमा आएको थियो। यस बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ । जापानले भने पहिलो अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । १ खेल खेलेको चिली ३ अंकसाथ दोस्रो र अंकविहिन इक्वेडर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस