रसुवागढीमा १० घण्टा देखि सुरुङमै थुनिए १७ मजदुर

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी भन्छन्, –‘अबको दुई घण्टाभित्रै उद्धार गरिसक्छौं’

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, ०७ : १०
रसुवागढीमा १० घण्टा देखि सुरुङमै थुनिए १७ मजदुर

काठमाडौं । १० घण्टा देखि सुरुङमै थुनिएका मजदुरहरुको अझै उद्धार हुन सकेको छैन । रसुवागढी जलविद्युत आयोजनाको ए फोर टनेलमा पहिरो खस्दा हिजो १७ जना कामदार सुरुङ मार्गमा थुनिएका छन् । तर उनीहरुलाई सुरुङ मार्गबाट अझै उद्धार गर्न सकिएको छैन ।

गएराती आठ बजेदेखि उनीहरु थुनिएका थिए । अहिले विहान पाँच बजे देखि नै सुरुङमा फसेका कामदारहरुको उद्धारको कार्य शुरु गरिसकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सफल खबरलाई टेलिफोनमा बताए ।

‘बिहान पाँच बजेदेखि काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी भण्डारीले सफलखबरसँग टेलिफोनमा भने, ‘अब एक÷दुई घण्टामै सुरुङभित्र रहेका कामदारको उद्धार गर्छौं ।’

अहिलेसम्म कुनै क्षतिको विवरण नआएको जनाउँदै भण्डारीले घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको प्रयास गरिरहेको पनि उलने बताए । सुरुङभित्र थुनिएका कामदारसँग बेलुकै टेलिफोन सम्पर्क भएको समेत उनले बताए ।

निर्माणको क्रममा रहेको जलबिद्युत आयोजनाको माथिल्लो भागबाट पहिरो खसेर सुरुङको अघिल्लो भाग पुरिएपछि ति कामदारहरु सुरुङमा फसेका हुन् । सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ नागरिक रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।  

प्रतिक्रिया दिनुहोस