एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित निकालेको छ । आईतबार राती पाकिस्तानलाई वर्षाले असर गरेको खेलमा ८९ रनले पराजित गर्दै भारतले अपराजित यात्रा कायमै राखेको हो ।वर्षाका कारण पाकिस्तानले ४० ओभरमा ३ सय २ रनको लक्ष्य प्राप्त गर्दा ६ विकेट गुमाउँदै २ सय १३ रनमात्र जोड्न सकेको थियो । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३६ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले शतक र कप्तान विराट कोहली तथा लोकेश राहुलले अर्धशतकीय पाली खेले ।
रोहितले एक सय ४० रन बनाए । जारी विश्वकपमा रोहितको दोस्रो शतक हो । यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । कोहलीले ७७, लोकेशले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले तीन विकेट लिए । हसन अली र वाहव रियाले एक एक विकेट लिएका थिए । जितसँगै चारखेलबाट सात अंक बनाएको भारत तेस्रो स्थानमा उक्लिएको छ । तीन अंकमा सिमित पाकिस्तान नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ असार २०७६, १० : ५०
लेखकबाट थप