जुगेडी चितवन च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेस

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, २० : २२
जुगेडी चितवन च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेस

 चितवन । जु फुटबल क्लब जुगेडी पाँचौ चितवन च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेस जु फुटबल क्लब जुगेडी पाँचौ चितवन च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेस गरेको छ । आईतवार भएको दोस्रो क्वार्टरफाईनल खेलमा नारायणगढ फुटबल क्लबलाई टाईवेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै जुगेडी सेमिफाईनलमा प्रवेस गरेको हो । 
निर्धारीत समयमा १ एक गोलको बराबरी भएपछि खेल टाईबेकरमा धकेलीएको थियो । खेल सुरु भएको ४ मिनेटमा नारायणगढका अमेत श्रेष्ठले गोल गर्दै अग्रता दिलाएपनि त्यसको १० मिनेटमै १४ औँ मिनेटमा जुगेडीका निरञ्जन मल्लले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । 
त्यसपछि दुवै टिमबाट कुनै गोल हुननसकेपछि टाईबेकरमा धकेलीएको थियो । अन्तत टाईबेकरमा ५ चारले विजयी हुदै पुर्वविजेता जुगेडी प्रतियोगिताको सेमिफाईनलमा प्रवेस गरेको छ । 
आईतवारको खेलमा जुगेडीका सुमन अ¥याल म्यान अफ दि म्याच बने । यस्तै हरेक दिन एक जनालाई दर्शकहरुमध्येबाट गोलाप्रथा गरी दिईदै आएको मोवाईल उपहार भरतपुर ११ का सुजन गुरुङले पाएका छन । 
प्रतियोगिता अन्तर्गत सोमवार हर्दी युवा समाज भण्डारा र देशभक्त फुटबल क्लब नवलपुर भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस