चितवन च्याम्पियनसिपः जुनियर प्रहरी सेमिफाईनल प्रवेस, डिफेण्डिङ च्याम्पियन गैडाकोट बाहिरीयो

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, २० : १५
चितवन च्याम्पियनसिपः जुनियर प्रहरी सेमिफाईनल प्रवेस, डिफेण्डिङ च्याम्पियन गैडाकोट बाहिरीयो

चितवन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर पाँचौ चितवन च्याम्पियनसिप फुटबलनको सेमिफाईनलमा प्रवेस गरेको छ । सनिवार भएको पहिलो क्वार्टरफाईनलमा डिफेण्डिङ च्याम्पियन फोर ब्रदर्श गैडाकोटलाई १ सुन्यले पराजित गर्दै प्रहरी सेमिफाईनलमा प्रवेस गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा प्रहरीका रामचन्द्र वाजीले दोस्रो हाफको १८ औँ मिनेटमा एक गोल गरेका थिए । सोहि गोल नै निर्णायक बन्यो र डिफेण्डिङ च्याम्पियन गैडाकोट यसपल्ट क्वार्टरफाईनलबाटै बाहिरीएको छ । 
खेलको म्यान अफ दि म्याच गोलकर्ता वाजीनै बने । उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै हरेक दिन दर्शकहरुमध्येबाट एक जनालाई गोलाप्रथा गरी दिईदै आएको मोवाई उपहार टिकेट २६७६ नम्बर खरिदकर्ताले पाएका छन । 
यस्तै आईतवार दोस्रो क्वार्टरफाईनलमा नारायणगढ फुटबल क्लब र जु फुटबल क्लब जुगेडी भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालालले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस