चितवन च्याम्पीयनसिपः क्वार्टरफाईनल समिकरण पुरा,अविसेक विजयी

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, २० : ०३
चितवन च्याम्पीयनसिपः क्वार्टरफाईनल समिकरण पुरा,अविसेक विजयी

चितवन । अविसेक चर्च रजहर चितवनमा जारी पाँचौँ हानामि चितवन च्याम्पीयनसिप फुटबलनको क्वार्टरफाईनलमा प्रवेस गरेको छ । पहिलो चरण अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा आयोजक हानामी एभ्रेष्ट क्लब भरतपुरलाई ३ – २ गोलले पराजित गर्दै रजहर क्वार्टरफाइनलमा प्रवेस गरेको हो । 
अविसेकको जीतमा दास्रो हाफको ११ औँ मिनेटमा सरद क्षेत्रीले १ गोल गरेका थिए । यस्तै थपिएको ३ मिनेटको समयको दोस्रो मिनेटमा अजित गुरुङले एक गोल गरे । एभ्रेष्ट क्लबका जर्सि न १२ का प्रसान्त ढकालले दोस्रो हाफको सातौँ मिनेटमा आत्माघाती एक गोल उपहार दिएको थियो ।

निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा एभ्रेष्टका सवि गुरुङले १५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले दोस्रो हाफको १७ औँ मिनेटमा दोस्रो गोल गरे । एक्लैले २ गोल गरेपनि जीत भने दिलाउन सकेनन् ।
खेलको म्यान अफ दि म्याच अविसेकका अजित गुरुङनै बने । उनले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै हरेक दिन दर्शकहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई दिईदै आएको मोवाईल उपहार १९९८ नम्बरको टिकट खरिदर्ताले पाएको छ । 
शुक्रवारको खेलसँगै पहिलो चरणको खेल सकिएको छ । 
अब सनिवारबाट क्वार्टरफाईनलका खेलहरु सुरु हुने आयोजक एभ्रेष्ट क्लब भरतपुरका सचिव विकास कोईरालाले जानकारी दिए । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैँडाकोट र जुनियर प्रहरी अधिकृत शिक्षालय भिड्ने छन । 


 

प्रतिक्रिया दिनुहोस