चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका विपन्न समुदायलाई जस्तापाता वितरण गर्न सुरु गरीएको छ । नगरलाई खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत मंगलवार नगर भित्रका विपन्न समुदायलाई जस्तापाता वितरण गरीएको हो ।
नगरपालिकाका मेयर नारायण वनसहितको टोलीले वडा नंं १४ लौरिघोल सुकुम्बासी बस्ती कि सरिता सुनार र वडा नंं १६ का बुद्धबहादुर कुमालको घरमै पुगि जस्तापाता वितरण गर्दै अभियान सुरुवात गरेका हुन । आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य नगरवासीहरुलाई नगरपालिकाले निशुल्क जस्तापाता वितरण सुरु गरेको मेयर वनले बताए ।
नगर भित्र रहेका १६ वटै वडाका खरको छाना भएका बिपन्नहरु समुदायलाई जस्ता पाता सहयोग गरीने मेयर वनले जानकारी दिए । हामी खुसी बाढ्दै छौं उनले भने त्यसका लागि जस्ता वितरण सुरु गरेका हौं । जनताले घरघरमा सरकारको आभास गर्न पाउन उनले भने ‘विकास निर्माण तिब्र रुपमा अघि बढे पनि सर्वसाधारण घरमा ढुक्कसँग बस्ने अवस्था नबनेसम्म उनिहरु खुसी नहुनेभएकाले खरको छाना मुक्त अभियान सुरु गरीएको हो ।’
नगरपालिका भित्र २ सय ७५ घरको छाना खरको रहेको तथ्यांक छ । यस बर्ष १ सय ४७ घरलाई जस्ता पाता वितरण गरिने र बाकी १ सय २८ घरलाई आगामी बर्ष वितरण गरिने उनले जानकारी दिए । जस्ता पाता वितरण गर्न यस बर्ष करिब २४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ जेठ २०७६, २० : ५०
लेखकबाट थप