त्रिवि अन्तराष्ट्रिय सम्मेलन घोषणापत्र जारी गर्दै समापन

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, ०८ : १४
त्रिवि अन्तराष्ट्रिय सम्मेलन घोषणापत्र जारी गर्दै समापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्धारा आयोजित “विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण” शिर्षकको  अन्तराष्ट्रिय शैक्षिक सम्मेलन महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले १७ बुद्धे घोषणापत्र जारी गर्दै पाठयक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठने, पाठयक्रम निर्माणमा बहुविधागत विषयहरु संलग्न गराउने,विश्वका ख्यातीप्राप्त उच्च शैक्षिक संस्थाहरु शैक्षिक सहकार्य गर्ने,अन्तराष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा  अवलम्वन गर्ने, शिक्षकहरुलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने,अन्तराष्टियस्तरका महत्वपूर्ण विषयवस्तुहरु पाठ्यक्रम निर्माणमा संलग्न गराउने, प्राध्यापकहलाई थप शसक्तीकरण गर्दै समस्यासमाधान गर्ने खालका शैक्षिक कार्यक्रमहरु निर्माण  गर्ने, अनुसन्धानलाई ग्राहयता दिदै अनुसन्धानमा बजेट बढाउने लगायतका सकंल्प गरेको छ । सम्मेलनमा जम्मा १२ वटा कार्यपत्र प्रस्तुत भएको थियो भने  विश्वविद्यालयको अन्तराष्ट्रियकरण गर्ने विषयमा छलफलसत्र समेत अयोजना गरिएको थियो ।

विश्वस्तरमा ख्यातीप्राप्त १७ प्राध्यापक र त्रिभुवन  विश्वविद्यालयहरु सहभागि १५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखहरुको बिच त्रिभुवन विश्वविद्यालयका उपकुलपति  प्रा.डा तीर्थराज खनियाले उक्त घोषणा गरेका थिए ।  राजधानीमा  २ दिनदेखि आयोजित अन्तराष्ट्रिय शैक्षिक  सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा खनियाले दुईदिने अन्तराष्ट्रिय शैक्षिक सम्मेलनले आफुहरुलाई महत्वपूर्ण सुझाव उपलब्ध भएको बताए ।

विश्वविद्यालयले क्रमिक सुधारगरिरहेकै भएतापनि विश्वका विश्वविद्यालयहरुसँग प्रतिपस्धा गर्नुपर्ने वर्तमान परिस्थितिको आंकलन गर्दै आफूलाई समयसामयिक बनाउन अन्तराष्ट्रिय शैक्षिक  सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस