खाजा खर्च बचाएर अक्सफोर्डका विद्यर्थाले गरे जीवनज्योतीका विद्यार्थीलाई सहयोग

सफल खबर संवाददाता

सोमबार, २७ जेठ २०७६, १३ : १८
खाजा खर्च बचाएर अक्सफोर्डका विद्यर्थाले गरे जीवनज्योतीका विद्यार्थीलाई सहयोग

गुञ्जनगर । अक्सफोर्ड इन्जिनियरिङ कलेज गैंडाकोटका विद्यार्थीहरुले जीवनज्योती आधारभुत विद्यालय, भरतपुर–१९ मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । अक्सफोर्डका बीबीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीले आइतबार एक कार्यक्रमकाबीच जीवनज्योतीका ४२ जना विद्यार्थीलाई स्कुल व्याग तथा स्टेसनरी सामान वितरण गरेका हुन् । ती विद्यार्थीले दुई दिनसम्म विभिन्न खेलकुद कार्यक्रम गरी विजयी छात्रछात्रालाई पुरस्कृतसमेत गरेका थिए ।

उनीहरुले आफ्नो खाजा खर्चबाट केही रकम बचाएर संकलन गरेको रकमबाट सो सहयोग गरेका हुन् । भरतपुर–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अक्सफोर्ड इन्जिनियरिङ कलेज गैंडाकोटका नारायण सापकोटा, छात्र दिपु कँडेल, जीवनज्योति आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधादेवी चापागाई, गुञ्जनगर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जीवन भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।       
 

प्रतिक्रिया दिनुहोस