काठमाडौं । उपनामबाट चिनिन रुचाउनेमा साहित्यिक ब्यक्तित्व पनि निकै हुन्छन् । नयाँ क्षेत्रमा प्रवेश पछि आफनो हुलियासमेत फेर्न पछि नपर्नेमा कलाकार पनि उत्तिकै हुन्छन् । तर राजनीतिमा नाम र हुलिया बदल्ने काम भूमिगत अवस्थामा रहदा गर्ने गरिन्छ ।
यो तथ्य बढी छ । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने एक दशक लामो माओवादी शसस्त्र युद्धका बेला माओवादी नेताहरुले आफनो हुलिया फर्ने र नाम अदलबदल गर्ने काम निकै भएको देखिन्छ । यो फेसन झै देखिएको छ । तर शान्ति प्रक्रियामा आएपछि भने उनीहरु आफनो असली नामबाटै चिनिन रुचाउन थालेका छन् । पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ भने अझै पनि उनीहरुका उपनाम बाटै बढी चिनिन्छिन् । प्रचण्ड, किरण, बादल र प्रकाश उपनामबाट ।
लालध्वजवाट चिनिने डा बाबुराम भटटराई त डा. बाबुराम बाटै बढी चिनिन्छन भने कृष्णवहादुर महरा, सिपि गजुरेल, देव गुरुङ, वर्षमान पुन, नन्दकिशोर पुन, टोपवहादुर रायमाझीलाई समाजले उपनाम भन्दा पनि असली नामले नै चिन्ने गरेका छन । जबकी उनीहरुको उपमनाम लालध्वज, अमरसिंह, गौरव, कान्छाबहादुर, अनन्त र पासाङ थियो ।
अझ विश्वभर चिनिएका लेनिन र स्टालिन जस्ता रुसी कम्युनिष्ट नेतालाई कमैले मात्र उनीहरुको असली नामले चिनेका छन् । भ्यालदिमिर इलिइस उलाभोनोभले लेनिन तथा आइसी भिसिरानोभी झागासिभिलिन्स ले स्टालिनलाई चिनिने गरेको छ ।
यसैको सिको गरेर हो वा तत्कालिन सत्ताको आखाबाट वच्न माओवादी नेताहरुले पनि युद्दकालका बेलामा थरी थरीका उपनाम राखेका थिए । भूमिगत ÷अर्धभूमिगत समयमा तत्कालिन माओवादी नेताहरुले रुचाएका उप नाममा प्रचण्ड, लालध्वज, किरण, प्रकाश, दिवाकर, गौरव, बादल, पासाङ, अनन्त, प्रभाकर, वलदेव, विप्लव, प्रतिक्षा, प्रकाण्ड, सुरेशसिंह, अनिल, कान्छाबहादुर लगायत थियो ।
किन राख्नु परेको थियो त यस्ता थरीथरीका नाम ? त्यो पनि एक भन्दा बढी एउटै ब्यक्तिले । विगत सम्झदै अहिले उर्जामन्त्री समेत रहेका वर्षमान पुन (अनन्त) भन्छन्, –‘अध्यक्षकै नाम पनि कल्याण भनिन्थो, पछि ०४७ तिर पार्टी चार ओटा समुह एक गरेपछि महामन्त्री हुदा निर्माण राख्नुभयो । पार्टी नयाँ निर्माण गर्नुथियो । पछि जनयुद्धमा जादा र त्यसभन्दा अगाडी पनि उहा प्रचण्ड हुनुभयो । लालध्वज बाबुरामजीको आफ्नै सन्र्दभ थियो । प्रकाशजीको आफनै सन्र्दभ थियो । अरुका पनि त्यही थियो । त्यही आधारमा उपनामहरु रहन गयो ।’
नेताहरुले यस्तो गरेपछि केन्द्रदेखि गाँउ तहसम्मका नेता कार्यकर्ताले पनि त्यसै गरी उपनाम राखे । भएभरका उपनाम जुराउने काम गर्न थाले । एक जमना यस्तो पनि थियो बोल्दा प्रचण्डको भाउभंग्री ल्याउनै पर्ने, कुम हल्लाउनै पर्ने, डेस समेत नेताहरुको जस्तो कार्यकर्ताले उस्तै लगाउनु पर्ने । तर त्यो क्रम भने अहिले हराएर गएको छ । अन्नतले थपे, –‘नाम भन्दा महिला पुरुष चिनिने, नाम भन्दा क्षेत्रविशेष, धार्मिक सम्प्रदाय चिनिने नहोस भनेर एउटा यस्तो स्वतन्त्र नाम जसले जात, धर्म, उसको थर नआओस भन्ने हिसाबले दर्शनका आधारमा नाम राख्ने गरेका थियौं ।’
एकीकतृ माओवादी अध्यक्ष प्रचण्डका त उपनाम नै बग्रेल्ती थिए । शुरुमा कल्याण उपनाम राखेका उनले निर्माण, विश्वास हुदै प्रचण्ड राखेका हुन् । शान्ति र युद्दको अनुकुल हुने गरी नाम राख्न खोज्दा एक भन्दा बढी उपनाम रहन गएको हो । रहर र बाध्यता जे उपनाम जोडेपनि अब यो इतिहासको पाटो बनेको छ । भने केहीलाई नामको इच्जत जोगाउनै कठिन बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ जेठ २०७६, १० : ४७
लेखकबाट थप