काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला विदेश भ्रमणमा छन् । सरकारको वागडोर सम्हालेको १५ महिनाका बीचमा उनी ११ औं विदेशी मुलुकको भ्रमणमा निस्केका हुन् । उनी असार १ गतेसम्म विदेशमै हुनेछन् । त्यसका लागि २५ जेठमा प्रधानमन्त्री ओली विदेश भ्रमणमा निस्केका हुन् । यो पटक एकैपटक उनी यूरोपका
स्वीजरल्यान्ड, वेलायत र फ्रान्सको भ्रमण गरेर मात्र स्वदेश फर्किने कार्यतालिका बनाएर विदेश उडेका छन् । १५ महिनाको बीचमा उनले गरेका विदेश भ्रमण जोडने हो भने एक महिना ११ दिन त विदेशमै प्रधानमन्त्रीले बिताएका छन् ।
सत्तारुढ दल नेकपामा वरिष्ठ नेता माधव नेपाल विदेशको जुनसुकै अफर आईहालेपनि नछोडने र हत्तारिएर गईहाल्ने नेतामा गनिन्थे । तर यो पटक प्रधानमन्त्री ओलीले पनि नेता नेपालकै शैली पछ्याउँदै विदेश मोह देखाएका
छन् । ११ भ्रमण मध्ये भारत, चीन, भियतनाम र कम्बोडिया प्रधानमन्त्री ओलीको राजकीय भ्रमण देखिन्छ भने अन्य भ्रमण अन्य कार्यक्रम बनाएर पुगेका छन् । अमेरिका भ्रमण संयुक्त राष्टसंघको महासभामा भाग लिन पुगेपनि उनी मानार्थ विद्यावारिधीको सम्मान लिन समेत विदेश हान्निएको देखिएको छ । उनी कोष्टारिकामा मानार्थ विद्यावारिधीको सम्मान बुझ्न पुगेका थिए ।
भारत भ्रमण १५ महिने अवधीमा उनले दुई पटक गरेका छन् । अहिले सहित स्वीजरल्यान्ड पनि ओलीको यो १५ महिने कार्यअवधीमा दोश्रो पटकको भ्रमण हुदैछ । गत वर्षको चैत २३ मा राजकीय भ्रमणमा भारत गएका उनी केही समय पहिले मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका थिए ।
उनको प्रत्येक भ्रमण टोलीमा कम्तीमा पनि २२ जना सहभागी देखिएका छन् । योपटक २४ सदस्यीय जम्बो टोली लिएर स्वीजरल्यान्ड पुगेका हुन् । उनी वेलायती राजकुमार प्रिन्स हेयारीसँग भेटवार्ता गर्ने गरी वेलायत पुग्दैछन् । भोली मंगलवार उनले राजकुमार ह्यारीसँग भेटवार्ता गर्नेछन् । १७ वर्षपछि नेपालका प्रधानमन्त्री वेलायत पुग्न लागेका हुन् ।
यस्ता भ्रमणबाट भ्रमण भत्ता डलरमा आउने र राज्यकोषबाट मोजमस्तीमा समेत उडाउन पाइने भएकाले पनि होला, प्रधानमन्त्रीको विदेश भ्रमणको कार्यतालिका जति सकिन्छ बढी बनाउन अहिले परराष्ट मन्त्रालयले कम्मर कसेको देखिन्छ । परराष्टका कर्मचारीहरु प्रधानमन्त्रीको भ्रमणका लागि विदेशबाट निम्तो मगाउनमै ब्यस्त देखिन थालेका छन् ।
यी हुन प्रधानमन्त्री ओलीले गरेका विदेश भ्रमण
भारत (६ देखि ८ अप्रिल २०१८)
चीन (१९ देखि २४ जुन २०१८)
अमेरिका (२४ देखि २८ सेक्टेम्बर २०१८)
कोष्टारिका (२९ र ३० सेक्टेम्बर २०१८)
स्वीजरल्यान्ड (२० देखि २६ जनवरी २०१९)
भियतनाम (९ देखि १३ मे, २०१९)
कम्बोडिया (१३ देखि १५ मे, २०१९)
भारत ( ३० र ३१ मे, २०१९)
स्वीजरल्यान्ड, वेलायत र फ्रान्स (८ देखि १५ जुन २०१९)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ जेठ २०७६, ०८ : १२
लेखकबाट थप