काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारको नाकको डाँडी भाच्ने भनाइ आवेग जन्य भन्दै संचार जगतलाई पुगेको चोटप्रति दुःख व्यक्त गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संचार जगतलाई आघात पार्ने आफ्नो मनसाय नभएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको रहेको जनाए । उनले आफू उद्धण्ड नभएको दाबी गरेका छन् ।
मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, २० : ३१
लेखकबाट थप