जुनियर प्रहरी अधिकृत शिक्षालयको विजयी सुरुवात

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, १९ : २२
जुनियर प्रहरी अधिकृत शिक्षालयको विजयी सुरुवात

चितवन । पाँचौँ हनामि चितवन च्याम्पियनसिपमा जुनियर प्रहरी अधिकृत शिक्षालयले विजयी सुरुवात गरेको छ । आइतबार अपरान्ह भएको खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई १ शून्यले पराजित गर्दै प्रहरी टोली विजयी भएको हो ।
 
प्रहरीका लागि विनोद कार्कीले पहिलो हाफको २९ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल १–० मा सकिएको हो । प्रहरीका जर्सि नम्बर १० का प्रताप गुरुङ खेलको म्यान अफ दि म्याच बने । उनले मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

यस्तै टिकट काटेर खेल हेर्ने दर्शहरुमध्येबाट गोलाप्रथा मार्फत भरतपुर ११ बसेनीका मानबहादुर श्रेष्ठले मोवाइल उपहार पाएका छन । खेल हेर्न ५० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिता अन्र्तगत सोमबार एपिएफ भण्डारा र जु फुटबल क्लब जुगेडीबीचको खेल हुने आयोजक एभ्रेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेलमैदानमा जारी प्रतिगितामा जिल्लाका ८ र जिल्ला बाहिरका ८ गरी १६ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस