हानामी पाँचौँ चितवन च्याम्पियनसीप : आज प्रहरी अधिकृत शिक्षालय र नारायणी मोटर्स युनिक भिड्दै

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, १३ : ०७
हानामी पाँचौँ चितवन च्याम्पियनसीप : आज प्रहरी अधिकृत शिक्षालय र नारायणी मोटर्स युनिक भिड्दै

चितवन । हानामी पाँचौँ चितवन च्यम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र नारायणी मोटर्स युनिक फुटबल क्लब भिड्ने आयोजक एभरेष्ट क्लबले जनाएको छ । 
खेल अपरान्ह ४ बजेपछि जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछ । टिकट काटेर खेल हुर्ने दर्शकहरु मध्येबाट हरेक दिन लक्की ड्र गरी भाग्यशाली एक जना दर्शकलाई आकर्षक उपहारको व्यवस्था रहेको क्लबका सचिव विकास कोइरालाले जानकारी दिए ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेलमैदानमा जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्ला बाहिरका ८ गरी १६ टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले एक लाख ५० हजार मेडल, प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतिक्रिया दिनुहोस