बुटवल । रुपन्देहीको देवदह नगरपालिका–८, विशालनगरमा गएराति २८ वर्षीय सुमन थापाको हत्या भएको छ ।
कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।
प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ ।
बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।
उनका अनुसार देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, १२ : १२
लेखकबाट थप