भोटे जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, ०८ : ५३
भोटे जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज भोटे जात्रा मनाइदैछ । ललितपुरको जावलाखेलमा भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थित रहने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पु¥याएको थियो । जावलाखेल पु¥याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज भोटो देखाउन लागिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पु¥याएको हो ।

आज साझ ५ बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने छ  । आजै बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ । भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पु¥याइने परम्परा रही आएको छ ।

भोटे जात्राको अवसर पारेर सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस