काठमाडौं । मन्त्री क्वार्टर पूल्चोक । बिहानै आ–आफना निवासबाट मन्त्रीहरु निस्किए । सेतो टिर्सटमा हरियो घेरा भएको टिर्सट र छडी लिएर मन्त्रीहरु क्वार्टर बाहिर निस्किएका थिए ।
उनीहरु कुनै राजनीतिक भेटघाट, नीति निर्णय लगायतका लागि निवासबाट बिहानै पूल्चोकस्थित निवासमा निस्किएका होइनन्, उनीहरु सरसफाई अभियानका लागि निवासबाट निस्किएका थिए ।
विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले क्वार्टरभित्रै सरसफाई कार्यक्रमको आयोजना गरेको थियो । त्यसैमा सहभागी हुन मन्त्रीहरु निस्केका हुन् ।
वनमन्त्री शक्ति बहादुर बस्नेतको पहलमा मन्त्रीहरुको सरकारी निवास रहेको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, अर्थमन्त्री युवराज खतिवडालगायत सहभागी थिए । उनिहरुले सरकारी निवासभित्र फोहोर टिप्नुका साथै झाडु समेत लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, ०८ : ३८
लेखकबाट थप