आदिबासीको परम्परागत ज्ञान लोप हुदै

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, ०७ : ४१
आदिबासीको परम्परागत ज्ञान लोप हुदै

–अनुज थारु
बर्दिया । बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरायसी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र ल्पास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो ।

‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर अहिले सबै बिर्सीसकेका छौ’– बर्दिया स्थित बाँसगढी नगरपालिका नेवादा गाँउका रामलाल थारुले भने,– हामीले अहिले सुपा, बेना, झाउवा, दिलीया झित्नी बुन्न जानेका थियौ । तर अव ती
समान कतै पाइदैन । आधुनिक जमाना भन्छन्, सबै कुरा बिर्सी पनि सकेका छौ । दैनिक चलनचल्तीमा नआए पछि बिर्सदै जाने रहेछ । यसरी परम्परागत ज्ञान र सीप बिर्सनेमा रामलाल मात्र एकल होइनन् । बाँसगढी 
लक्ष्मणपुरका फग्गु थारु पनि यस्तो परम्परा मासिँदै गएकोमा चिन्तित छन् । उनी भन्छन्, –‘जमानाले सबै बिर्र्सी रहेका छाँैँ, बाँस तथा बेतको सास्कृतिसंगै ज्ञान, सिप र कला पनि  मासिदै गएको छ ।
पहिले आँफुलाई चाहिने काठ तथा बाँसजन्य बिभिन्न समानहरु  हामी आफै बनाउने गर्दथ्यौ । कृषिका लागि चाहिने हलो जुवाको लागि काठ, बाँस, खर पात काट्ने  हाम्रो परम्परा नै हो । बाँसको धेरै समान बन्छ । हाते पंखा,
सुपा, छिटुवा, छट्री आफ्नो सिप अनुसार धेरै समानहरु बनाउन सकिन्छ । तर अहिले यस्तो सामान बनाउने सीप युवा बर्गमा कसैसंग छैन । थारुले अगाडि थपे,–‘यसरी आफनो सीप मासिदै जानु परनिर्भता बढ्दै जानु हो ।’
थारु सामुदायको संस्कार, संस्कृति तथा ज्ञान र सिपले बाताबरण संरक्षण गर्न सहयोग पुगेको दावी स्थानीय थारु अगुवाहरुको छ । तर पछिल्लो चरणमा आधुनिक बिकासका नाममा बन बिनास र बाताबरण प्रदुषण भई रहेको
उहाँहरुको बिश्लेषण छ ।

थारुहरुमा खोला, नदिनालामा माछा मारेर खाने चलन थियो त्यो थारुहरु आफ्नो माछा मार्ने एरिया पनि छुट्याएका थिए ।  माछा मार्नको लागि जंगली जडिबुटिको बिष प्रयोग गरिन्थ्यो ।  अहिले जस्तो बिष प्रयोग हुँदैन ।
पहिला–पहिला लगाइने बिषले माछालाई मात्र असर गथ्र्याे  । त्यसले अन्य जलिया जिबहरुलाइृ कुनै पनि असर गर्दैन थियो । यो ज्ञान पनि लोप भएर गएको छ । यस्तो ज्ञान आदिवासीहरुमा मात्रै थियो । यसको संरक्षण नभए पछि नदी खोलामा माछा पनि बिरलै पाइन्छ । अहिले आदिबासीहरुलाई जंगल प्रबेश निषेध छ । आदिवासीले खेनीखोस्री
बनाएको खोरिया पाखा सामुदायिक बनमा रुपान्त्रण भएको छ । यसका मालिकका रुपमा भुईफट्टा बर्ग देखिएका छन् । ठूला ठूला जंगलहरु सेनाको हातमा छ । यसरी आदिवासीको जल जमीन जंगललगायतका प्राकृतिक स्रोतहरु सरकारीकरण भएर खोसिए पछि यी ज्ञानको प्रयोग हुने  सबैबाटाहरु बन्द भएका छन् । ‘बर्दिया
स्थित बाँसगढी नगरपालिकाका प्रमूख शालिकराम अधिकारी पनि यस कुरालाई घुमाउरो पाराले स्वीकार गरे । उनले भने, –बाँसगढी नगरपालिका थारु आदिबासी जनजातिहरुको बहुल्याता भएको नगरपालिका भएको हुँदा उहाँहरुको सिप, कला, प्रबिधि र उत्पादनलाई संगै अगाडि बढाउन नगरपालिका तयार छ । खास गरेर उहाँहरुको सीपलाई आर्यआर्जनसंग जोड्न आवश्यक छ ।  त्यसका निम्ति स्थानीय सरकारले थारु हस्ताकला ढकिया, गोरीलाई प्रोत्साहन गरेर अगाडी बढ्ने गरी कार्यक्रमहरु निर्माण गरिएको छ । त्यसैगरी थारु जातिहरुको संस्कृती प्रबद्र्धनका
निम्ती,थारु संग्रालय निर्माण कार्य पनि भई रहेको छ ।’

आदिवासीहरुको सीप र कला हाम्रो संस्कृति र सभ्यतासंग जोडिन्छ । यसका लागि स्थानीय सरकारको त ध्यान आकृष्ठ भएकै छ, संघ र प्रदेशको पनि केही न केही कार्यक्रम आउन जरुरी देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस