बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा अन्र्तक्रिया

सफल खबर संवाददाता

शनिबार, २५ जेठ २०७६, १९ : ३५
बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा अन्र्तक्रिया

खैरहनी । चितवन उद्योग संघ खैरहनी ईकाई समितिको आयोजनामा आर्थिक वर्ष ०७६/०७७ को बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा उद्योगीहरु र सम्बन्धित सरोकारवाला निकायबीच अन्र्तक्रिया सम्पन्न भएको छ । चितवन उद्योग संघ खैरहनी ईकाई समितिका संयोजक प्रतिभा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी प्रमुख अतिथि एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी विशेष अतिथि रहनुभएको थियो । 

चितवन उद्योग संघ खैरहनी ईकाई समितिका संयोजक प्रतिभा श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल विद्युत प्राधिकरण टाँडी शाखाका प्रमुख चुतन श्रीवास्तव, नेपाल टेलिकम रत्ननगरका प्रमुख जुजुभाई श्रेष्ठ, सशस्त्र प्रहरी बल भण्डाराका डिएसपी पुग्रेली शेर्पा, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख धनदेव साउद लगायतले अन्तरक्र्रिया कार्यक्रममा विभिन्न उद्योगीबाट आएका उद्योग संचालनका क्रममा हुने विद्युत, इन्टरनेट, खानेपानी, बाटो, ढलका विभिन्न जिज्ञासाहरुको समाधान गर्न सकिने उपायहरुको बारेमा प्रष्ट्याउनु भएको थियो । 

सोही अवसरमा चितवन उद्योग संघका परियोजना प्रमुख इन्जिनियर रोचक अधिकारीले उद्योगीहरुको भौगोलिक एवं वस्तुगत नक्साङ्कनलाई आधार बनाई तयार पारेको परियोजना प्रस्ताव पेश गर्नुभएको थियो । तयार गरिएको प्रस्तावमा जिपिएस प्रविधिद्वारा त्यस क्षेत्रका उद्योगहरुको स्थान पहिचान, उद्योग संख्या र यथार्थ विवरण पत्ता लाग्ने समेत जानकारी गराईएको थियो । उक्त परियोजना प्रस्तावलाई कार्यक्रमका सभापतिबाट प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीलाई सुझाव एवं कार्यन्वयनका लागि पेश गरिएको थियो । 

यसैबीच कार्यक्रममा एन.ए.आर.एस. एशोसिएट चार्टर एकाउन्टका सि.ए निशान पौडेलले कर, भ्याट, मु.अ.कर, बजेटले उद्योग क्षेत्रमा पार्ने प्रभाव र समीक्षाको सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरणका क्रममा उद्योगीहरुबाट आएका जिज्ञासाहरुलाई सि.ए.पौडेलले प्रष्ट्याउनु भएको थियो । 

खैरहनी इकाई समितिका सदस्य टिकादत्त अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य हरिप्रसाद भट्ट, प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, आईटी अफिसर राजु भट्ट, स्टोर किपर उमेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस