प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई, चार विकेटले हा¥यो आर्मी

सफल खबर संवाददाता

शनिबार, २५ जेठ २०७६, १६ : ४१
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई, चार विकेटले हा¥यो आर्मी

काठमाडौं । तेस्रो संस्करण्को प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 
फाइनलमा त्रिभुन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । जीतसँगै पुलिसले २० लाख हात पारेको छ । उप–विजेता आर्मीले १० लाख प्राप्त गरेको छ ।

फाइनल खेलमा १२५ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पुलिसले ४०।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सुनिल धमालाले नट आउट ४२, अमित श्रेष्ठले ४४, आरिफ शेख, कुसल भुर्तेलले ६–६, दिपेन्द्रसिंह ऐरीले ७, अनिलकुमार शाहले २, पवन सराफले १ र कप्तान मञ्चित श्रेष्ठले अविजीत ११ रन बनाए । बलिङमा आर्मीका करण केसीले ३, शाहव आलमले २ र सुशन भारीले १ विकेट हात पारे ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ३३।३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २०, रोहितकुमार पौडेलले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पुलिसका ललित, पवनले ४–४ र सागर ढकालले एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस