दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो ।
पायल्स भए यसो गर्नुहोस्,
-हरेक दिन शारीरिक व्यायाम गर्ने ।
-नियमित रूपमा योग गर्ने ।
-प्रशस्त पानी पिउने ।
-हरियो सागपात काँचै खाने ।
-दैनिक रूपमा फलफूल खाने ।
-खानासँग मुला, काँक्रो र गाँजर खाने ।
-नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने ।
-पायल्स भएका बिरामीले पिरो, चिल्लो तथा मसला बढी भएको माछा–मासु नखाने ।
-पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने ।
-पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने ।
-खानेकुरा खाँदा एकदम कम र हल्का खाने । शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ । -नया पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस