५० औँ वर्षगाँठमा प्रचण्ड र सीताबीच पुनः विवाह (तस्विरमा हेर्नुहोस् )

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १९ : ३३
५० औँ वर्षगाँठमा प्रचण्ड र सीताबीच पुनः विवाह (तस्विरमा हेर्नुहोस् )

काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवाहको ५० औं वर्षगाँठमा पत्नी सिता दाहालसँग पुनः विवाह गर्नुभएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । 
प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा भएको वैवाहिक समारोहमा पुनः विवाह भएको हो । विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।
पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सीता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।


विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदारलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस