साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ ।
आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । वक्तव्यमा थप विवरण दिइएको छैन ।
डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने । पत्रिकाका अनुसार सोअरेस २६ वर्षका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ बैशाख २०७६, १३ : ३०
लेखकबाट थप