शंकास्पद आक्रमणकारीसहित श्रीलङ्कामा १५ जना मारिए

एजेन्सी

शनिबार, १४ बैशाख २०७६, १४ : ३७
शंकास्पद आक्रमणकारीसहित श्रीलङ्कामा १५  जना मारिए

कोलम्बो ।  सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् । 
सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र तीन जना महिला समेत रहेका छन् । 
शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।

“देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरुले खोजी अभियान पनि जारी राखेका छन् ।
झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।   

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।   
घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ
।  (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस