काठमाडौं । अभिनयमा मेरो सानैदेखि रुचि थियो । अभिनेत्री बन्ने सपना नै थियो । नाचगान भनेपछि भुतुक्कै हुन्थेँ । नृत्य निर्देशक वसन्त श्रेष्ठ सरसँग डान्स सिक्थेँ । एकचोटि वसन्त सरले अनुभवको लागि फिल्म ‘सपना’मा डान्स गर्ने भए गर भन्नुभयो । मलाई पनि अनुभव लिनु थियो ।
फिल्मको सुटिङमा जाँदा भुवन केसी दाइसँग भेट भयो । उहाँले मलाई फिल्ममा अभिनेत्रीका लागि अफर पनि गर्नुभएको थियो । तर, काम गर्ने अवसर चाहिँ जुरेन ।
पछि फिल्म ‘प्रेयसी’का लागि अफर आयो । ‘प्रेयसी’ मेरो डेब्यू फिल्म हो । त्यतिबेला म १४÷१५ वर्षकी थिएँ । वसन्त सरका कारण मैले फिल्ममा काम गर्ने मौका पाएँ । किरण प्रताप फिल्मको हिरो हुनुहुन्थ्यो । उहाँ पनि नयाँ नै हुनुहुन्थ्यो । प्रेमकथामा आधारित भएकाले भावुक प्रेमिकाको भूमिका थियो मेरो । पूरै फिल्मको सुटिङ नगरकोटमा भएको थियो ।
त्यतिबेला सुटिङमा रिलको प्रयोग हुन्थ्यो । धेरै टेक लिन पाइँदैनथ्यो । पहिलो पटक क्यामेरा फेस गर्न मलाई एकदमै गाह्रो भयो । डायलग पनि बेला–बेलामा बिर्सिन्थेँ । डायलग बिर्संदा खूब गाली खाइन्थ्यो । मे
हनत पनि उस्तै गर्नुपथ्र्यो । फिल्म ‘प्रियसी’को ‘सय डाँडा काटी’ भन्ने गीत मेरो फेभरेट गीत हो । सुटिङ सकियो । फिल्म रिलिज भएपछि सबैबाट राम्रै प्रतिक्रिया पाएँ । सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस