काठमाडौं । शुक्रबारदेखि प्रदर्शनरत फिल्म लभ स्टेसनले प्रदर्शनको तीन दिनमा झन्डै दुई करोड रुपैयाँको व्यापार गरेको जानकारी निर्माता गोविन्द शाहीले दिएका छन् । उज्ज्वल घिमिरे निर्देशित फिल्म एकसाथ देशभरका एक सय चार पर्दामा प्रदर्शन भएको हो ।
प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाहलगायतका कलाकारले अभिनय गरेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा ५६ लाख, शनिबार झन्डै १ करोड र आइतबार ४४ लाखको व्यापार गरेको दाबी निर्माण पक्षको छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस