काठमाडौँ । नायिका स्वस्तिमा खड्का हिरोलाई ‘स्टार भ्यालु’ मान्ने परम्परा अन्त्य हुनुपर्ने बताएकी छिन । खड्काले हिरोको ‘स्टार भ्यालु क्यास’ गर्ने काम भइरहँदा नायिका र अन्य महिला कलाकार पछाडि परेको बताइन्। ‘हिरो मार्फत् स्टार भ्यालु क्यास गर्न सकिन्छ भन्ने बुझाई छ’, उनले भनिन, ‘यही कारणले केटीलाई पछाडि पारिन्छ । यो राम्रो परीपाटी होइन ।’
उनले आफू निर्माता बनेको अवस्थामा भने नायिकालाई हिरोको पछाडि नचाउने मात्रै काम नगर्ने बताइन् । ‘स्टारलाई ल्याएर नायिका नचाउने मात्रै हुन्न फिल्म हुन्न’, स्वस्तिमाले भनिन, ‘नायिका नाच्नै हुन्न भन्ने होइन । तर नायिकाको बलियो भूमिका भएको फिल्म बनाउँछु ।’ नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म उद्योगमा महिलालाई पछाडि पार्ने गरिएको बताएकी छिन्।
‘केटी मान्छेलाई मुख्य भूमिकामा राखेर फिल्म बन्नुपर्छ’, खड्काले भनिन, ‘त्यसो हुँदा दर्शकलाई बानी पर्छ। नभए त महिला मुख्य कलाकार भएको फिल्ममा के होला र, बायोपिक जस्तो होला। साधारण कथा होला भन्ने हुन्छ। यस्तो सोचाइ परिवर्तन गर्नुपर्छ।’ उनले नेपाली फिल्म क्षेत्रमा महिला निर्देशक कम रहेको उल्लेख गरिन्। महिला निर्देशकहरूले पनि महिलाको विषयभन्दा प्रेमकथा बनाउनेतर्फ लागेको टिप्पणी गरिन्। ‘उहाँहरू पनि महिलाको विषयमा भन्दा पनि प्रेमकथाको फिल्म बनाउनुहुन्छ’, स्वस्तिमाले भनिन्।
उनको पछिल्लो समय काम गरेको चलचित्र बुलबुलको निर्देशक पनि पुरुष रहेको बताइन् । बुलबुलमा स्वस्तिमा मुख्य भूमिकामा थिइन्। ‘मेरो भनाइको अर्थ पुरुषले बुझ्नै नसक्ने भन्ने होइन’, स्वस्तिमाले भनिन, ‘महिलाको विषयमा बुझ्ने गरी फिल्म बनाउन महिलाले जति पुरुषले सक्दैन।’ स्वस्तिमाले आफूले काम गरेको कतिपय फिल्ममा मुख्य भूमिकामा रहेका नायकलेभन्दा बढी पारिश्रमिक खुलासा गरिन ।
प्रतिक्रिया दिनुहोस