काठमाडौँ । वर्षा शिवाकोटी ‘पुरानो बुलेट’बाट बाहिर निस्किसकिन् । यो फिल्म रिलिज भएपछि पत्रकारले साथ नदिएको भन्दै आक्रोशित थिइन् । तर, फिल्म पत्रकारले चलाउने होइन । अलि–अलि कलाकारले चलाउने हो, धेरै चाहिँ फिल्म आफैँ राम्रो भए चल्ने हो ।
तर, चित्त दुखेपछि लागेको÷देखेको कुरा लेख्न र भन्न पाइयो । तर, वर्षाले खास आश गरेको फिल्म ‘वीरविक्रम २’ जेठ ३ बाट प्रदर्शनमा आउँदै छ । एउटा गीत सार्वजनिक गरेर गुमनाम भएको फिल्मको पब्लिसिटी छैन भन्दा पनि हुन्छ ।
फिल्मका लागि जे गरेकी छिन्, वर्षाले गरेकी छिन् । त्यो गरेको चाहिँ के भन्दा फेसबुकमा दिनदिनै नयाँ–नयाँ फोटो राख्ने र ह्यासट्याग गर्दै ‘वीरविक्रम २’ लेख्ने । योसँगै उनले यदाकदा प्रमोसन शब्द पनि राख्ने गरेकी छिन् । तर, फेसबुकमा नयाँ फोटो राखेर प्रमोसन भन्दैमा पब्लिसिटी पुग्ला र, वर्षाजी ? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस