काठमाडौं । अभिनेत्री हुमा कुरैसीले अचेल जिममा कडा मिहिनेत गरिरहेकी छिन् । बलिउड प्रवेश गरेसँगै उनले फिटनेसमा निकै ध्यान दिन थालेकी हुन् । उनले हालै आफूले जिमखानामा गरिरहेको ट्रेनिङको एउटा भिडियो इन्स्टाग्राममा सेयर गरिन् ।
भारतीय मिडियाले हुमाले सेयर गरेको भिडियोमा कडा मिहिनेतपछिको दुखाइ उनको मुहारमा प्रस्ट झल्किएको उल्लेख गरेका छन् । भिडियोको क्याप्सनमा हुमाले लेखेकी छिन्–‘आज मैले जे गरेँ, त्यो पहिला कहिल्यै गरेकी थिइनँ । म यस्तो गर्नेबारे सोच्न पनि सक्दिनथेँ ।’ हुमाले भिडियोको अन्त्यमा भनेकी छिन्– ‘म बिरयानी कहिल्यै खानेछैन ।’
हुमाले जिम गरेको देखेर अन्य स्टारले पनि कमेन्ट गरेका छन् । शिल्पा सेठ्ठीका पति राज कुन्द्राले लेखेका छन्– ‘हामीलाई गर्व छ । तिम्रो रियाक्सन सानदार छ ।’ हुमा र निर्देशक मुदस्सर अजिजबीच अफेयरको चर्चा चल्ने गरेको छ । अजिज पहिला सुस्मिता सेनसँग रिलेसनमा थिए । हुमाले ग्याङ्स अफ वासेपुर १,२, एक थी डायन, डेढ इस्किया, बदलापुर, जोली एलएलबी २ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस