शाहरुख खान र गौरीको जोडी जब कुनै कार्यक्रम या पार्टीमा देखिन्छ, सधैँ फ्यानको दिल जित्छ । हालै शाहरुख र गौरी मोस्ट स्टाइलिस्ट अवार्ड कार्यक्रममा गएका थिए । गौरीले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । अवार्ड कार्यक्रममा शाहरुख र गौरीलाई मोस्ट स्टाइलिस्ट जोडीको अवार्ड दिइएको थियो । कार्यक्रममा शाहरुखले गौरीलाई केही भन्न अनुरोध गरे ।
गौरी पनि के कम, शाहरुखलाई व्यंग्य गरिहालिन् । ‘अवार्ड उसलाई दिइएको छ, जो स्टाइलको कुनै मतलब नै गर्दैन,’ उनले भनिन्, ‘जब हामीलाई कुनै पार्टीमा जानुपर्ने हुन्छ, म जम्मा २० मिनेटमा तयार हुन्छु, तर शाहरुखलाई तयार हुनका लागि दुईदेखि तीन घन्टा लाग्छ ।’ गौरीले आफूलाई दुई–तीन घन्टा लाग्थ्यो भने शाहरुखलाई ६ घन्टा लाग्ने भनेर पनि ठट्टा गरिन् । तर, शाहरुखले गौरीलाई रोक्दै भने, ‘तिमी आज खुब सुन्दर लागेकी छ्यौ ।’ - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस