यसरी आइन् काजोल अजयको जीवनमा

पत्रपत्रिकाबाट

विहीबार, २१ चैत्र २०७५, ०८ : ००
यसरी आइन् काजोल अजयको जीवनमा

बलिउड अभिनेता अजय देवगनले मंगलबार (२ अप्रिलमा) आफ्नो ५०औँ जन्मदिन मनाए । उनले बलिउडकी सुन्दर अभिनेत्री काजोलसँग १९९९ मा विवाह गरेका थिए । काजोलले अजयसँग आफू करिअरको पिक प्वाइन्टमा हुँदा विवाह गरेकी थिइन् । जतिवेला काजोलको ‘कुछ कुछ होता है’ जस्ता ब्लकबस्टर फिल्महरू प्रदर्शन भइरहेका थिए । 

अजय र काजोलको जोडी १९९५ मा आएको ‘हलचल’ फिल्ममा देखिएको थियो । दुवैको प्रेम यही फिल्मबाट सुरु भएको अनुमान गरिन्छ । १९९५ मा उनीहरूको अर्को फिल्म पनि प्रदर्शन भयो, ‘गुन्डाराज’ । त्यतिवेलासम्म पनि उनीहरूको प्रेम बाहिर निस्किसकेको थिएन । 

१९९५ मै प्रदर्शन भएको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट काजोल स्टार बनिन् । उनको नाम यो फिल्मका हिरो शाहरुख खानसँग पनि जोडियो । यतिवेला काजोल र अजयबीच कुराकानी त हुन्थ्यो, तर खुलेर प्रेम–रोमान्समा उत्रिएका थिएनन् । यसको कारण थियो– शाहरुखको नाम काजोलसँग जोडिनु । 

१९९८ मा आएको अजय र काजोलको फिल्म ‘प्यार तो होना ही था’बाट भने उनीहरूको प्रेमले गति लियो । प्रेम उनीहरूमा मात्र सीमित भएन, बाहिर गसिप पनि बन्न थाल्यो । उनीहरूले १९९९ मा प्रेमलाई विवाहमा परिणत गरे । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस