केटीको सनसनी

बुधबार, २० चैत्र २०७५, २० : ४२
केटीको सनसनी

काठमाडौं । ४० वर्षको उमेरमा अंग्रेजी गायिका तथा मोडल केटी प्राइसलाई बैँस आएको छ । झन् हे¥यो झन् उत्ताउली हुँदै गएकी छिन् । यो पटक त उनले सीमै नाघेकी छिन् । थाइल्यान्ड घुम्न आएकी उनले नांगै फोटो खिचेर थाई सरकारलाई पनि चुनौती दिएकी छिन् । 

थाइल्यान्ड घुम्न आएकी उनले कोसामुई समुद्रमा नांगैजस्तो फोटो खिचाइन् । शरीरमा थियो नाम मात्रको कपडा, जसले उनको लाज जोगाएको थियो । स्तन छोप्न भने उनले आफ्नो लामो कपालको सहारा लिएकी थिइन् ।

तर, लुगाको काम कपालले गर्ने भए लुगा किन चाहिन्थ्यो ? कपाल छेडेर उनको संवेदनशील अंग बाहिर निस्कियो । फेरि त के थियो, सामाजिक सञ्जालमा सनसनी मच्चियो । यो सनसनी यस्तो छ कि केटीलाई थाई सरकारले नै जेल हाल्नुपर्ने दबाब सुरु भएको छ ।

किनकि, विदेशी आएर बेला न कुबेला रासलीला देखाउन थालेपछि थाई सरकारले सार्वजनिक ठाउँमा नांगिन नपाइने नियम बनाएको छ । स्थानीयको उजुरीमा केही विदेशीले जेलको हावा पनि खाएका छन् । हेर्नु छ, केटीलाई  कसले के गर्छ ?  सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस