भनिन्छ, एउटा म्यानमा दुईटा तरबार अट्दैनन्। तर, एउटा घरमा दुई स्टार मज्जाले अटाउँदा रहेछन्। जस्तो कि, भुवन केसी र अनमोल केसी। लगभग ३५ वर्षअघि ‘जुनी’बाट अभिनय थालेका पिता केसी त्यसयता निरन्तर नेपाली फिल्मको केन्द्रमा छन् भने अनमोलले यो उपलब्धि छ वर्षमै हासिल गरेका छन्। ‘होस्टेल’बाट डेब्यू गरेका उनको अभिनयका थुप्रै आलोचक छन् तर उनको स्टारडममा कसैलाई शंका छैन।
त्यसैले जब बाबुछोरा एकसाथ कुनै फिल्ममा देखिन्छिन्, दर्शक अपेक्षा शिखरमा हुन्छ। यही अपेक्षाका बीचदुवैको सहकार्य रहेको तेस्रो फिल्म ‘क्याप्टेन’ फागुन १७ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। हल्का फिल्म खेलेको आरोप खेप्दै आएका अनमोलले यो फिल्ममा फुटबल खेलाडीको भूमिका निर्वाह गरेका छन्।
नाच्न त फेरि पनि छाड्नुभएको छैन। डाँडामा पनि नाच्नु भएको छ, अनि निरुता सिंहलाई मुम्बईदेखि बोलाएरनचाउनुभएको छ?
भुवनःभुवन केसीदर्शकका लागि फिल्म बनाउँछ। दर्शकले पनि भुवन केसीको फिल्म भनेपछि त्यहीअनुसार अपेक्षा गर्नुहुन्छ। यो फिल्मको विषय अलि फरक हो तर यो फिल्म नै हो। नाचगान, फाइट सबै कुरा छन्। थप मनोरञ्जन दिन म र निरुताजी पनि नाचेका छौँ।
अनमोलःहैन, मैले नाच्नु नै हुन्न भनेको हैन। सफल फिल्मको फर्मुलामा डाँडाकाँडामा नाच्ने गीत पनि पर्छन्, यस हिसाबले भनेको हो।तर, नाचेर मात्र सफल होइन्छ भन्ने छैन। विषय पनि नयाँ चाहिन्छ।
तपाईं बाउछोरा मिलेर नेपालमा फिल्म मेकिङ महँगो बनाएको आरोप छ? निर्माता फिल्म बनाउनै गाह्रो भयो भन्न थालेका छन्?
अनमोलः खासमा कलाकारको पारिश्रमिक धेरै अगाडि बढ्नुपर्ने थियो। जुन पैसामा उहाँहरूले काम गरिरहनुभएको थियो, त्यसैले केही पनि गर्न सक्ने अवस्था थिएन। त्यसैले धेरै एक्टर पलायन हुनुभयो। मैले आजसम्म कसैसँग पनि मलाई ‘यति पैसा दिनुस्, काम गर्छु, नत्र गर्दिनँ’ भनेको छैन। निर्माता र वितरकले मेरो रेट बढाउनुभएको हो। अनि, माग्दैमा पाइन्छ भन्ने पनि होइन। मेरो हम्बल रिक्वेस्ट छ, अनमोल महँगो लाग्छ भने उसलाई फिल्ममा नलिनुस्। तर, म सधैँ पैसाका लागि मात्र फिल्म खेल्दिनँ। मन छुने स्क्रिप्ट पाइयो भने फ्रीमा पनि काम गर्न तयार छु।
भुवनः अनमोल वा भुवन केसीको माया लागेर कसैले पैसा दिने होइन। कुरा सिम्पल छ। अनमोललाई फिल्ममा लियो भने कमाइन्छ भन्ने छ, त्यही कारण ५० लाख तिर्न तयार हुनुहुन्छ। जसले अनमोललाई लिन पाउनुभएको छैन, यो सब उहाँहरूले चलाएको हल्ला हो। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २० चैत्र २०७५, ०७ : ५७
लेखकबाट थप