बलिउडकी सुन्दर अभिनेत्री क्याट्रिना कैफ आउन लागेको फिल्म ‘भारत’का कारण चर्चामा छिन् । फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिँदै छिन् । हुन त सलमान र क्याट्रिनाको जोडीलाई बलिउडमा सुन्दर जोडी मानिन्छ । निकै लामो समयपछि यो जोडी फेरि ठूलो पर्दामा देखिन लागेको हो ।
हालै क्याट्रिनाले फिल्म ‘भारत’ र सलमानको भूमिकाबारे एक भारतीय टिभीमा दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘भारतमा सलमानले जुन भूमिका निभाएका छन्, त्यो उनको अहिलेसम्मको करिअरको सबैभन्दा सानदार भूमिका हो ।’ उनले आफू यो कुरालाई लिएर एकदम खुसी भएको र फिल्ममा काम गर्ने भएपछि एक्साइटेड पनि भएको बताएकी छिन् ।
यो फिल्म ‘ओड टु माई फादर’ कोरियन फिल्मको अफिसियल रिमेक हो । फिल्ममा सलमानले २७ वर्षको युवकदेखि ६५ वर्षको वृद्धसम्म देखिने कोसिस गरेका छन् । फिल्ममा सलमान–क्याट्रिनाका साथै दिशा पटानी, सुनील ग्रोबरलगायत कलाकार रहेका छन् । फिल्मको निर्देशन अली अब्बासले गरेका हुन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस