लगातार एडल्ट फिल्मका कारण इमरान हास्मीलाई सिरियल किसर हिरोको ट्याग लाग्यो । त्यो हटाउने कोसिसस्वरूप उनले केही एक्सन र रोमान्टिक फिल्ममा पनि काम गरे । तर, उनलाई अहिले पनि सिरियल किसर हिरो नै भनिन्छ ।
इमरानले २००३ मा फुटपाथ फिल्मबाट बलिउड यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ३५ फिल्ममा अभिनय गरिसकेका छन् । उनले सुरुमा बलिउडमा फरहान हासमी नाममा करिअर अघि बढाएका थिए । तर, उनलाई त्यो नाम फापेन । फरहान नाममा सफल हुन नसकेपछि उनले आफ्नो खास नाम इमरान नै राखे ।
बिपसा बसु र डिनो मोरियाको फिल्म ‘राज’मा उनले अभिनयका साथै सहायक निर्देशकको काम पनि गरेका थिए । पछि यी फिल्मका दुई सिरिज ‘राज २’ र ‘राज ३’मा भने उनी आफैँले मुख्य भूमिकामा प्रस्तुत भए । इमरानलाई उनका साथी तथा आफन्तले ‘एमी’ भनेर बोलाउँछन् । हुन त उनले सन् २००१ मै ये जिन्दगीका सफर नामक फिल्म पाएका थिए । तर, निर्मातालाई फिल्मका लागि उनी फिट छैनन् भन्ने लागेपछि उनलाई रिजेक्ट गरिएको थियो ।
एक अन्तर्वार्तामा इमरानले भनेका थिए कि उनले आजसम्म मात्र एक–दुई हिन्दी फिल्म हेरेका छन् । उनी ज्यादाजसो अंग्रेजी फिल्म हेर्छन् । हुन सक्छ, उनी यही कारण पनि प्रायः फिल्ममा कसैको कपी गर्दैनन् । एकपटक निर्देशक करण जौहरले आफ्नो सोमा इमरानलाई सोधेका थिए, फिल्ममा उनको सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो किस को–को अभिनेत्रीसँग भएको थियो । उनले भनेका थिए, ‘मर्डर २’ मा ज्याकलिन फर्नान्डिससँग मेरो सबैभन्दा सुन्दर किस भएको थियो ।’ उनले सबैभन्दा नराम्रो किसचाहिँ मल्लिका सेरावतसँग भएको बताएका थिए । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस